हिमालप्रेसकर्मी नेपाललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

हिमाल प्रेस १९ जेठ २०८१ १७:१०
10
SHARES
हिमालप्रेसकर्मी नेपाललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार तस्बिर : पोखरासिटी

काठमाडौँ- ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार- २०८०’ बाट हिमालप्रेसकर्मी विजय नेपाल पुरस्कृत भएका छन्। चलचित्र पत्रकार संघ नेपाल, कास्कीको शनिबार छैटौं साधारणसभा अवसरमा पोखराका मेयर धनराज आचार्यले उनलाई नगद ३५ हजार र सम्मापनत्रसहित पुरस्कृत गरेका हुन्।

पाल्पाको रिब्दीकोट ७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन्। संघका पूर्वसहसचिव उनले अंग्रेजी साहित्यमा एम.ए र एलएलबी गरेका छन्। पोखराका उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारको योगदान चिरस्थायी बनाइराख्न उनका परिवारले संघ कास्कीले संचालन गर्ने गरी ४ वर्षअघि सो पुरस्कार स्थापना गरेका थिए।

सो पुरस्कारबाट हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ। यसअघि २५ हजार राशि रहेकोमा यसपालि पुरस्कार राशि बढाइएको संघ कास्की अध्यक्ष प्रभू अधिकारीले बताए।

यसैगरी संघले फिल्मकर्मी विनोद शेरचनलाई पनि सम्मान गरेको छ। कार्यक्रममा पोखराका मेयर आचार्यले पुरस्कृत र सम्मानितलाई बधाई दिँदै चलचित्र मनोरञ्जन साधनमात्र नभई एउटा अभियान भएको बताए। उनले पोखरा खुला स्टुडियो भएको बताए।

समारोहमा चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समीर बलामी, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना ‘पगेनी’, महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष विमला भण्डारी,चलचित्र पत्रकार संघ कास्की शाखा संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष अरुण गिरी, प्रतिभा छनोट समिति संयोजक एवं संघ सल्लाहकार सुरेश रानाभाट, पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूले बोलेका थिए।

संघ कास्की अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको समारोह सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए।

प्रकाशित: १९ जेठ २०८१ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =