जसपा नेपालको महाधिवेशन : अध्यक्षमा उम्मेदवारी दस्तुर ७ हजार, महासचिवको ५ हजार

हिमाल प्रेस १९ जेठ २०८१ १२:१८
128
SHARES
जसपा नेपालको महाधिवेशन : अध्यक्षमा उम्मेदवारी दस्तुर ७ हजार, महासचिवको ५ हजार

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा उम्मेदवार हुनेहरुलाई दस्तुर निर्धारण गरेको छ।

पार्टीले तयार पारेको निर्वाचन निर्देशिकामा अनुसार पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको दस्तुर निर्धारण गरेको हो।

अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनका अनुसार केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार तिर्नुपर्नेछ। जसपा नेपालको राष्ट्रिय महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ।

जसपाले यसअघि नै महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदन पारित गरिसकेको छ।

हालै अशोक राईले ७ सांसद लिएर पार्टी विभाजन गरेर हिँडेपनि उपेन्द्र यादवले तोकिएकै समयमा महाधिवेशन गर्न लागेका हुन्।

प्रकाशित: १९ जेठ २०८१ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =