नेपालगन्ज विद्यालयमा गर्मी बिदा बढाइयो

हिमाल प्रेस १९ जेठ २०८१ ९:१९
नेपालगन्ज विद्यालयमा गर्मी बिदा बढाइयो फाइल तस्बिर

नेपालगन्ज- अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ।

उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ।

अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए। यसअघि नेपालगन्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो।

उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ।

नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ। केही दिन अघि नेपालगन्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो।

गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।

प्रकाशित: १९ जेठ २०८१ ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =