सुर्तीले हरेक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ । यो वर्ष धूमपान नगर्नेको तुलनामा धूमपान गर्नेहरूमा कोभिड—१९ रोग झनै गम्भीर हुने प्रमाणहरू बाहिर आएसँगै लाखौं मानिसमा सुर्ती छोड्ने चाहानालाई बढायो।
सुर्ती छोड्ने कुरा चुनौतीपूर्ण हुनसक्छ, विशेषगरी यो महामारीले उत्पन्न गराएको थप सामाजिक र आर्थिक तनावमा त झनै चुनौतीपूर्ण हुन्छ । तर सुर्ती छोड्ने धेरै कारण छन्।
१. धूमपान गर्नेहरूमा कोभिड—१९ रोग झनै गम्भीर हुने र मृत्यु हुने अधिक जोखिम हुन्छ।
सुर्तीले तपाईंको व्यक्तित्वमा तत्काल प्रभाव पार्छ ।
२. हरेक कुरा गन्हाउँछ। तपाईंको छाला, पूरै घर, लुगा र औँलाहरू अनि सास सबैकुरा गन्हाउँछन्।
३. सुर्तीले तपाईंको दाँत पहेँलो हुन्छ र दाँतको वरिपरि धेरै फोहर ९दन्तेलेउ० बढाउँछ।
४. धूमपान र धूँवारहित सुर्तीको सेवनले सास गन्हाउने हुन्छ ।
५. सुर्तीले तपाईंको छालामा चाउरीपन आउँछ, उमेरभन्दा चाँडै बुढो देखाउँछ । सानै उमेरबाट धूमपान गर्दा छालाको प्रोटिनमा ह्रास हुने र यसले गर्दा छालाको लचकता हराउँदै जाने, यसमा हुने भिटामिन ए कमी हुने र रगतको प्रवाहमा अवरोध आउने हुन्छ।
६. चाउरीपन ओठ र आँखा वरिपरि धेरै देखिन्छ, अनि सुर्तीले छालालाई खस्रो र सुख्खा पनि बनाउँछ।
७. धूमपानले सङ्क्रामक नहुने तर छाला चिलाउने र शरीरभरि रातो धब्बाहरू उत्पन्न गराउने रोग सोरायसिसको जोखिम बढाउँछ ।
सुर्तीले तपाईंको मात्र नभएर तपाईंका साथी र परिवारको स्वास्थ्यलाई पनि जोखिममा पार्छ।
८. अरुले गरेको धूमपानको असरले हरेक वर्ष १० लाखन्दा बढी मानिसको मृत्यु हुने गरेको छ।
९. धूमपान नगर्ने तर अरुले गरेको धूमपानको सम्पर्कमा आउने व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ ।
१०. आगलागीका घटना र त्यसबाट मृत्यु हुने एउटा प्रमुख कारण चुरोट पनि हो ।
११. ई–सिगरेटहरूले पनि छेउछाउमा रहेका धूमपान नगर्ने अन्य व्यक्तिमा निकोटिन र हानिकारक रसायनको सञ्चार गर्दछ।
१२. अरुले गरेको धूमपानको सम्पर्कमा आउँदा यसले क्षयरोगको सुसुप्त सङ्क्रमणलाई सक्रिय रोगको रूपमा विकास हुने जोखिम बढाउँछ।
१३. अरुले गरेको धूमपानको सम्पर्कमा आउँदा यसले टाइप २ मधुमेह विकास गराउँछ।
बालबालिकाको वरिपरि धूमपान गर्दा वा ई–सिगरेट पिउँदा यसले उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि जोखिम निम्त्याउँछ।
१४. धूमपान गर्नेका छोराछोरीको फोक्सोको कार्य क्षमता कमजोर हुन्छ र वयस्क अवस्थामा पुगेपछि उनीहरूलाई श्वासप्रश्वाससम्बन्धी दीर्घ समस्याले सताउँछ ।
१५. बालबालिका ई–सिगरेटको तरल पदार्थको सम्पर्कमा आउँदा यसले उनीहरूमा गम्भीर जोखिम बढाउन सक्छ । ई–सिगरेट पिउने प्रयोग गरिने उपकरणबाट चुहावट हुने वा बालबालिकाले उक्त तरल पदार्थ निल्ने जोखिम रहन्छ।
१६. ई–सिगरेटहरूले गम्भीर चोटपटक गराउन सक्छ। यसले आगो चाँडो समात्ने वा विष्फोट हुने हुँदा तपाईंलाई पोल्ने वा डढ्ने जोखिम हुन्छ।
१७. अरुले गरेको धूमपानको सम्पर्कमा आउने विद्यालय जाने उमेरका बालबालिका दम रोग लाग्ने, सास लिने मार्गदेखि फोक्सोसम्म सूजन हुने जोखिममा हुन्छन्।
१८. घरमा अरुले गरेको धूमपानको सम्पर्कमा आउने २ वर्षभन्दा कम उमेरका बालबालिकामा मध्य–कानको रोग लाग्ने र यसले श्रवणशक्ति घटाउने तथा बहिरोपन गराउने जोखिम रहन्छ।
१९. आमाबुबाले धूमपान छोड्दा धूमपानको धुवाँबाट बालबालिकामा हुने श्वासप्रश्वास रोगहरू (जस्तै दम) र कानको संक्रमण जस्ता धेरै रोगको जोखिम घटाउँछ।