मौसम विभागले भन्यो : कोशी प्रदेशमा हल्का वर्षा भइरहेको छ

हिमाल प्रेस १९ जेठ २०८१ ६:२७
2
SHARE
मौसम विभागले भन्यो : कोशी प्रदेशमा हल्का वर्षा भइरहेको छ

काठमाडौँ- नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। त्यस्तै कोशी प्रदेश एकदुई स्थानमा मेघगर्जन, चट्याङ हावाहुरी सहितहल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखले बुलेटिन जारी गरी जानकारी दिएको छ।

त्यस्तै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी , मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जनरचट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १९ जेठ २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast