सहरमा आज

फिल्म, नाटक, प्रदर्शनीले भरिपूर्ण उपत्यका

हिमाल प्रेस १९ जेठ २०८१ ८:३३
84
SHARES
फिल्म, नाटक, प्रदर्शनीले भरिपूर्ण उपत्यका

काठमाडौँ- साताको शनिबार। हामीले उपत्यकाका हलमा चलिरहेको फिल्म मञ्चनरत नाटक, विभिन्न चित्रकला, मूर्तिकला प्रर्दशनीलगायत महोत्सवबारे केही मनोरञ्जनात्मक र महत्त्वपूर्ण गतिविधि संकलन गरेका छौँ।

नाटकघरमा अग्निचक्षु, लिपी, म्यारिज प्रपोजल, दोष या निर्दोष (गिल्टी अर नट गिल्टी) र बाखाम्मा गरी पाँच  नाटक चलिरहेको छ। चित्रकला मन पराउनेका लागि नेपाल आर्ट काउन्सिलमा नेपालका देवताहरु र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय ललितकला प्रदर्शनी चलिरहेको छ।

त्यस्तै हलमा नेपाली फिल्म पुजार सार्की, फर्की फर्की र बोक्सीको घर चलिरहेको छ भने हिन्दीमा छोटा भिम एन्ड द कोर्स अफ डम्यान, सिस्टर एण्ड मिसेस माही प्रदर्शन भइरहेको छ।

हेरौं कहाँ केके हुँदैछ?

संगीतकार सन्तोष श्रेष्ठको एकल गजल प्रस्तुति

शनिबार संगीतकार सन्तोष श्रेष्ठको एकल गजल प्रस्तुति हुँदैछ। कार्यक्रम कालिकास्थानस्थित सर्वनाम थिएटरमा दिउँसो २ बजे सुरु हुनेछ। संगीतकार श्रेष्ठले गजलकार राधा कणेल र घनेन्द्र ओझाका पाँचवटा एकल गजल प्रस्तुत गर्नेछन्।

‘गजल गायन’ नामक कार्यक्रममा सन्तोषको एकल संगीत र घनेन्द्रको एकल रचना रहेको पहिलो बहरबद्ध गजल एल्बम ‘शुभेच्छा’माथि संगीतकार राजु सिंहले समीक्षा गर्नेछन्।

किम्फमा शनिबार दक्षिण कोरिया विशेष फिल्म प्रदर्शन

जेठ १६ देखि उपत्यकामा काडमाडौँ अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २१ औं संस्करण चलिरहेको छ। पाँच दिने महोत्सवको चौथो दिन शनिबार दक्षिण कोरिया विशेष फिल्म प्रर्दशनी हुँदैछ।

ली गा–क्युडको द आउस अफ राइजिङ सन, निर्देशक चोइ वोन– वायको चौनियार्ड बी, निर्देशक जू– योङको अनकम्फर्टेबल, निर्देशक किम हाइ–मीको द ट्रिज होम र निर्देशक चोइ जिनयोङको द बोन गरी पाँच फिल्म प्रदर्शन गरिनेछ। फिल्म दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म चल्नेछ।

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ चलिरहेको छ। जेठ १५ देखि सुरु भएको प्रदर्शनीमा प्रादेशिक ललितकला प्रदर्शनी–२०८० बाट छनोट भएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति राखिएको छ। जेठ ३० सम्म चल्नेछ।

आर्ट काउन्सिलमा ‘नेपालका देवताहरु (डायटिज अफ नेपाल)’

बबरमहलस्थित आर्ट ग्यालरीमा जेठ ८ देखि ‘नेपालका देवताहरु (डायटिज अफ नेपाल)’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। जेठ २८ सम्म चल्ने प्रदर्शनीमा एक सय ६३ कलाकारका करिब दुई सय ३५ कलाकृति राखिएको छ।

प्रदर्शनीमा हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित देवताको परम्परागत मूर्तिकला, चित्रकला, लोककलासँग सम्बन्धित कलाकृतिहरु छन्। जसले नेपालका जीवित, अमूर्त संस्कृतिलाई विभिन्न देवीदेवता र उनीहरुबीचको आस्थासँग जोड्दछ।

आर्ट काउन्सिल र नेपाल हस्तकला महासंघले आयोजना गरेको प्रदर्शनी बिहान १०ः३० देखि बेलुका ५ः३० सम्म खुल्ला रहनेछ।

नाटकघरमा चार नाटक

शिल्पीमा ‘अग्निचक्षु’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा जेठ १६ देखि नाटक ‘अग्निचक्षु’ मञ्चन भइरहेको छ। रंगकर्मी चन्द्रप्रसाद पाण्डेको लेखन र झकेन विसीको परिकल्पना तथा निर्देशनमा बनेको नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ।

साइलेन्ट एक्टको प्रस्तुति रहेको नाटकमा कलाकार मञ्जु श्रेष्ठ, संगीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, चक्र प्रसाद पोखरेलको अभिनय छ।

अनुप तिमिल्सिनाको संगीत परिकल्पना तथा संयोजन रहेको नाटकमा अनुपसँगै प्रत्यक्ष संगीतमा शर्मिला गुरुङ, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे.डी. तमूको छ।

नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साझँ साढे पाँच बजे मञ्चन भइरहेको छ। शनिबार भने १ बजेको अतिरिक्त सो पनि हुँदैछ।

ओजसमा ‘लिपि’

रातोपुलस्थित ओजस थिएटरमा जेठ १२ देखि नाटक ‘लिपि’ मञ्चन भइरहेको छ। माध्यमिक विद्यालयको पाठ्यक्रममा समावेश नेपाली व्याकरणमा आधारित नाटकको परिकल्पना तथा निर्देशन शंकर पोखरेलले गरेका हुन्। नाटकमा सम्झना आचार्य, सुब्रत सिलवाल, प्रकाश थापा, अनन्त, सेभेन, तेज राज भट्टलगायत कलाकारको अभिनय छ।

जेठ २२ सम्म मञ्चन हुने नाटक काव्य आर्टको प्रस्तुति निर्माण भएको हो। नाटक बिहान १० बजे, मध्याह्न १२ः ३० र दिउँसो ३ बजे मञ्चन हुनेछ।

कुञ्ज थिएटरमा ‘म्यारीज प्रपोजल’

थापागाउँथित कुञ्ज थिएटरमा जेठ १० देखि नाटक ‘म्यारिज प्रपोजल’ चलिरहेको छ। आन्तोन चेखभको लेखन र चे शंकरले छायानुवाद गरेको नाटकका निर्देशक संगीत सापकोटा र आशीष घिमिरे हुन्।

नाटकमा ४ जना पात्र छन्। विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धिताल। जेठ २७ गतेसम्म मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ। नाटक कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा बनेको हो।

कौसी थिएटरमा ‘दोष या निर्दोष (गिल्टी अर नट गिल्टी)’

टेकुस्थित कौसी थिएटरमा जेठ ३ देखि नाटक ‘दोष या निर्दोष’ (गिल्टी अर नट गिल्टी) मञ्चन भइरहेको छ। नाटक रसियन–अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ। नाटकको डिजाइन तथा निर्देशन तथा रंगकर्मी राजकमल फकिरले गरेका छन्।

रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, समापिका गौतम, रुपेश लामा, जेम्स ढकाल, अशोक गौतम, विजया पौडेल, आभास अधिकारी, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, सदिन लुइँटेल लगायत कलाकारको अभिनय छ।

२६ गतेसम्म मञ्चन हुने नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे मञ्चन भइरहेको छ। शनिबार (आज) दिउँसो १ बजेको अतिरिक्त सो हुँदैछ।

मण्डलामा ‘बाखम्मा : मुन्दुममा मान्छे’

थापागाउँस्थित मण्डला थिएटरमा वैशाख १४ देखि नाटक ‘बाखम्मा: मुन्दुममा मान्छे’ मञ्चन भइरहेको छ। नाटक मञ्चनको आज अन्तिम दिन हो। आज दिउसो एक बजे र बेलुका साढे पाँच बजेको दुई सो हुनेछ।

किरण चाम्लिङ राईको निर्देशनमा बनेको नाटकमा किरात राईको सभ्यता, संस्कृति र इतिहासलाई प्रस्तुत गरिएको छ।

नाटक राजन मुकारुङले लेखेका हुन्। केन्द्र मोसन्सको प्रस्तुति रहको नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरुङ, शिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राइको अभिनय छ।

हलमा कुनकुन फिल्म?

‘फर्की फर्की’

जेठ १० देखि हलमा प्रदर्शन भइरहेको फिल्म ‘फर्की फर्की’ दोस्रो सातामा चलिरहेको छ। लभस्टोरी जनरामा बनेको फिल्ममा कलाकार अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा छन्। रोहित अधिकारीले निर्माण गरेको बनेको फिल्मका लेखक तथा निर्देशक सुयोग गुरुङ हुन्।

उपत्यकाको क्यूएफएक्स अन्तर्गत लबिम मल, छाया सेन्टर, राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुरमा फिल्मको २३ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेमाज, सिटी सिनेमाज फिल्म ‘फर्की फर्की’ चलिरहेको अन्य हल हुन्।

पुजार सार्की

जेठ १० देखि नै प्रदर्शनरत फिल्म ‘पुजार सार्की जातीय विभेदको विषयमा आधारित छ। फिल्ममा आर्यन सिग्देल, पदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू मुख्य भूमिकामा छन्। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्।

उपत्यकाको क्यूएफएक्स अन्तर्गत लबिम मल, छाया सेन्टर, राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको २० सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेमाज, सिटी सिनेमाजमा फिल्म ‘पुजार सार्की’ चलिरहेको छ।

बोक्सीको घर

वैशाख १४ देखि हलमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन भइरहेको छ। समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा केकी अधिकारी छन्।

केकीले नै निर्माण गरेको फिल्म सुरक्षण भारतीले निर्देशन गरेका छन्। हरर मिस्ट्री जनरामा बनेको फिल्ममा केकी र निर्देशक भारतीसहित स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया, सुस्मा निरौला, जीवन बराल, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको चार सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा फिल्म ‘बोक्सीको घर’ चलिरहेको छ।

सिस्टर एण्ड मिसेस माही

जेठ १८ देखि नेपाली हलहरुमा भारतीय फिल्म ‘सिस्टर एण्ड मिसेस माही’ प्रदर्शन भइरहेको छ। दम्पतीको कथामा आधारित फिल्मको मुख्य भूमिकामा कलाकार राजकुमार राव र जान्वी कपुर छन्। फिल्मका निर्देशक शरण शर्मा हुन्। फिल्म ड्रामा जनरामा बनेको छ। उपत्यकाको क्यूएफएक्स अन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मलमा फिल्मको १९ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘सिस्टर एण्ड मिसेस माही’ चलिरहेको अन्य हल हुन्।

छोटा भिम एन्ड द कोर्स अफ डम्यान

भारतीय फिल्म ‘छोटा भिम एन्ड द कोर्स अफ डम्यान’ जेठ १८ देखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेन्चर र कमेडी जनरामा बनेको फिल्ममा अनुपम खेर, सञ्जय बिस्नोई, मार्कण्ड देशपाण्डेलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक राजीव चिलाका हुन्। शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल र भाटभटेनी भक्तपुरमा फिल्मको दुई सो छ।

आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाजमा ‘छोटा भिम एन्ड द कोर्स अफ डम्यान’ चलिरहेको छ।

फुरियोसाः अ म्याड म्याक्स सागा

अंग्रेजी फिल्म ‘फुरियोसाः अ म्याड म्याक्स सागा’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक जर्ज मिलर हुन्। फिल्ममा अन्या टेलर जोय, क्रिस हेम्सवर्थ चार्ली फ्रेजरलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्यूएफएक्स अन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, राइजिङ मल, छाया सेन्टर, सिभिल मल र लबिम मल, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

प्रकाशित: १९ जेठ २०८१ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =