४ मन्त्रालयको बजेट शीर्षकमाथि प्रतिनिधिसभामा छलफल हुँदै

हिमाल प्रेस ३० जेठ २०८१ ६:५२ | Wednesday, June 12, 2024
४ मन्त्रालयको बजेट शीर्षकमाथि प्रतिनिधिसभामा छलफल हुँदै संघीय प्रतिनिधिसभाको बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

यसअघि हिजोको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो।

 

प्रकाशित: ३० जेठ २०८१ ६:५२ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast