१९ निर्माण कम्पनी कालोसूचीमा

हिमाल प्रेस ११ असार २०८१ ७:४३ | Tuesday, June 25, 2024
१९ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

आज (मंगलबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।

कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।

 

प्रकाशित: ११ असार २०८१ ७:४३ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast