हिमाल उप्रेतीको निर्देशनमा बन्ने ‘भागदौड’ छायांकनमा

हिमाल प्रेस १४ असार २०८१ १४:१३ | Friday, June 28, 2024
हिमाल उप्रेतीको निर्देशनमा बन्ने ‘भागदौड’ छायांकनमा

काठमाडौँ- फिल्म ‘भागदौड’ को बिहीबार ललितपुरस्थित बुङमतीमा शुभमुहूर्त गर्दै छायांकन थालिएको छ। हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बन्ने फिल्म दिपक बज्राचार्यले उपत्यकामै छायांकन गरिरहेका छन्। हिमालले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्।

फिल्ममा महिला सशक्तिकरणको मुद्दालाई उठाएको निर्माण टिमले जनाएको छ। फिल्मका निर्माता विश्वराम बिष्ट हुन्। फिल्ममा कलाकार विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापाँगाईं, शंकर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमिल्सिनाको अभिनय रहनेछ।

डिल कुमारी नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा प्रविन ढकालको सम्पादन, प्रकाश नेपाली र वसन्त सापकोटाको पाश्र्व संगीत, दिनेश जंग रानाको भिएफएक्स र सिजिआई रहनेछ।

फिल्म सुप्रिम म्युजिक तथा फिल्मस् र ओडिसी पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: १४ असार २०८१ १४:१३ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast