हलमा लागे ‘आचार्य’ र ‘दान्भी’

हिमाल प्रेस ७ असार २०८१ ११:४४ | Friday, June 21, 2024
हलमा लागे ‘आचार्य’ र ‘दान्भी’

काठमाडौँ- हलमा आज बिहानदेखि नेपाली फिल्म ‘दान्भी’ र ‘आचार्य’ गरी दुई फिल्म प्रदर्शन भइरहेकाे छ। एउटा लभस्टाेरीसहित एक्सनप्रधान हो भने अर्को बायोपिक।

रूपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ मा अभिनेत्री पूजा शर्माको मुख्य भूमिकामा छिन्। उनीसँगै फिल्ममा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको अभिनय छ। अभिनेत्री पूजाले पहिलोपटक एक्सन भूमिमा निभाएकी छन्।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको ‘आचार्य’ भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म हो। फिल्ममा भक्तराजका जेठा छोरा गायक सत्यराज आचार्यले पिताको भूमिका निभाएका छन्। त्यस्तै कलाकार अरूणा कार्की भक्तराजको पत्निको भूमिकामा छिन्। फिल्ममा अन्य कलाकार सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीलगायतको अभिनय छ।

रोशन राई निर्माता रहेको यो फिल्म १३ वर्षपछि पुनः प्रदर्शन गरिएको हो।

प्रकाशित: ७ असार २०८१ ११:४४ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast