स्थानीय तहद्वारा ईसीडी शिक्षकलाई मन्टेश्वरी तालिम [तस्बिरहरू]

हिमाल प्रेस १ असार २०८१ १४:१९ | Saturday, June 15, 2024
स्थानीय तहद्वारा ईसीडी शिक्षकलाई मन्टेश्वरी तालिम [तस्बिरहरू]

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को क्षमता अभिवृद्धि गर्न मन्टेश्वरी तालिम दिइएको छ। उर्लाबारी नगरपालिकाअन्तर्गतका विद्यालयका ३१ जना ईसीडी शिक्षकलाई नगरपालिकाको शिक्षा शाखाको आयोजनामा बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम प्रदान गरिएको हो।

नगरपालिकाको सभाहलमा सात दिनसम्म सञ्चालन भएको तालिमको नगरउपप्रमुख मीना खतिवडा पौडेलले उद्घाटन गरेकी थिइन्। सो अवसरमा उनले उर्लाबारीको शैक्षिक विकासमा नगरपालिका लागिपरेको बताउँदै सबैले आआफ्नो ठाउँबाट शैक्षिकस्तर उकास्न भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

बालविकास सहजकर्ताको क्षमता अभिवृद्धि गराई पूर्वप्राथमिक तहदेखि नै बालबालिकालाई अनुशासित र नियमित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन्। शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले बालविकास केन्द्र नै बालबालिकाको शिक्षाको मुख्य आधार भएकाले नगरपालिकाले ती केन्द्रलाई बालमैत्री, सिकारुमैत्री बनाउने काम गरिरहेको बताए।

तालिममा उर्लाबारीका सामुदायिक विद्यालयमा कार्यरत ३१ जना बालविकास सहजकर्ताको सहभागिता रहेको शिक्षा शाखाका अधिकृत अशोक घिमिरेले बताए। तालिमको सहजीकरण ब्रेनस्पार्क इटहरीका सजिना अधिकारी र स्नेहा लिम्बूले गरेका थिए।

 

तस्बिर उर्लाबारी नगर उपप्रमुखको सचिवालय

प्रकाशित: १ असार २०८१ १४:१९ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast