सुनको भाउ स्थिर

हिमाल प्रेस २८ जेठ २०८१ १२:०३ | Monday, June 10, 2024
सुनको भाउ स्थिर

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।

आइतबार प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रकाशित: २८ जेठ २०८१ १२:०३ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast