काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार पनि सुनको सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २९ जेठ २०८१ ११:५१ | Tuesday, June 11, 2024
प्रतिक्रिया




