सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हिमाल प्रेस २८ जेठ २०८१ २२:०९ | Monday, June 10, 2024
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा नवनियुक्त मन्त्रीलाई सोमबार प्रदेश प्रमुखको कार्यालय धनगढीमा शपथ ग्रहण गराउँदै। तस्बिर : रासस

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन्।

नेपालको संविधानको धारा १६८को उपधरा (९) बमोजिम गरिएको नियुक्ति र कार्यविभाजनअनुसार सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्रीमा र ओमविक्रम भाट सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्।

यसैगरी अक्कलबहादुर रावल, वीरबहादुर थापा, लक्ष्मी विक, माया पन्त र हीरा सार्की विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्रीलाई सोमबारै पद तथा गोपनीयताको शपथ गराए।  मुख्यमन्त्री सोडारीले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा टीका थापा यसअघि नै नियुक्त भएका थिए।

आर्थिक मामिला मन्त्रीमा नियुक्त पाल तथा विनाविभागीय मन्त्रीमा नियुक्त थापा र सार्की नेकपा (एमाले), समाजिक विकास मन्त्रीमा नियुक्त भाट, विनाविभागीय मन्त्रीमा नियुक्त रावल र विक नेकपा (माओवादी केन्द्र) तथा विनाविभागीय मन्त्री माया पन्त नेकपा (एकीकृत समाजवादी) का हुन्। भौतिक पूर्वाधारमन्त्री चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री थापा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर छन्। उक्त पार्टीका अन्य पाँच सदस्य भने प्रतिपक्षीको भूमिकामा छन्।

प्रकाशित: २८ जेठ २०८१ २२:०९ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast