सीके राउतको गुनासो : प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले नटेर्ने अवस्था छ

हिमाल प्रेस ३० जेठ २०८१ १५:४९ | Wednesday, June 12, 2024
सीके राउतको गुनासो : प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले नटेर्ने अवस्था छ

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री प्रचण्डको निर्देशन समेत कर्मचारीले नमान्ने अवस्था रहेको बताएका छन्।

नेपाल समाजवादी पार्टी (नेसपा) को पार्टी स्थापना दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले १० वर्ष जनक्रान्ति गरेर राजनीतिक र सामाजिक परिवर्तन ल्याएका प्रधानमन्त्री प्रचण्डलाई समेत कर्मचारीले नटेर्ने गरेको उनको भनाइ थियो।

‘दश वर्षमा माओवादीले ठुलो जनक्रान्ति गर्‍यो। राजनीतिक र सामाजिक धेरै परिवर्तन आए। क्रान्तिको नेतृत्व गरेका प्रचण्ड अहिले प्रधानमन्त्री छन्,’ उनले भने, ‘मेरै अगाडि प्रधानमन्त्रीले १० पटक कर्मचारीलाई फोन गर्दा टेर्दैनन्। त्यस्तो अवस्था छ, राज्य संयन्त्रको। त्यसका लागि सडकबाट नै आन्दोलन गर्नुपर्छ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकृतिसमेत बढेको राउतको भनाइ थियो। विकृति हटाउन अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद् हुनुपर्नेमा राउतले जोड दिए।

‘सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना भयो तर विकृति पनि छ। राजनीतिक अस्थिरता बढ्यो। प्रदेश सरकार समेत हप्तैपिच्छे ढल्ने हो कि भन्ने चिन्ता छ ’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा ढुक्कले पाँच वर्ष शासन चलाउन पाइन्छ।’ उनले आफ्नो पार्टी र नेसपाबीच धेरै समानता भएको पनि बताए।

प्रकाशित: ३० जेठ २०८१ १५:४९ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast