सिद्धबाबा सुरुङ १६६ मिटर खनियो

हिमाल प्रेस ४ असार २०८१ १६:३० | Tuesday, June 18, 2024
सिद्धबाबा सुरुङ १६६ मिटर खनियो

काठमाडौँ- सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ। आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ।

उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ। यससँगै सुरुङको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ। आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार बाइपास प्रथमतर्फ ३८.१ मिटर खनिएको छ। बाइपास दोस्रो ३५.३ मिटर र बाइपास तेस्रो ३४.१ मिटर खनिएको छ।

स्लोप प्रोटेक्सनतर्फ दक्षिणतर्फ १४ सय ९५ वर्गमिटर बराबरको काम भएको छ। यहाँ कुल २३ सय वर्गमिटरमा स्लोप प्रोटेक्सनको काम गरिने छ। उत्तरतर्फ ४९५ वर्ग मिटर काम भएको छ।

आयोजनाको वित्तीय प्रगति भने १७.५ प्रतिशत पुगेको आयेजनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

प्रकाशित: ४ असार २०८१ १६:३० | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast