साविक विजेता इटाली युरो २०२४ बाट बाहिरियो

हिमाल प्रेस १६ असार २०८१ ७:१९ | Sunday, June 30, 2024
साविक विजेता इटाली युरो २०२४ बाट बाहिरियो

काठमाडौँ- स्वीट्जरल्यान्डको पराजित बनेसँगै साविक विजेता इटाली युरो-२०२४ को अन्तिम १६ बाट बाहिरिएको छ।

शनिबार राति जर्मनीको ओलम्पियास स्टाडियोनमा भएको खेलमा स्वीट्जरल्यान्डले इटालीमाथि २–० को जित निकाल्यो। नकआउट चरणको यो खेलमा हटाली बाहिरिँदा स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको छ।

स्वीट्जरल्यान्डका लागि रेमो फ्रेउलर र रुवेन भर्गसले गोल गरे। खेलको ३७औँ मिनेटमा फ्रेउलरले गोल गरेपछि स्वीट्जरल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो।

यस्तै, ४६औँ मिनेटमा भर्गसले गोल गर्दै स्वीस टिमको अग्रता दोब्बर बनाएका थिए। यसपछि थप गोल नहुँदा स्वीट्जरल्यान्डले साविक विजेतालाई निराश बनाउँदै अन्तिम–८ को यात्रा तय गरेको हो।

प्रतियोगितामा स्वीट्जरल्यान्ड समूह ‘ए’ को उपविजेता र इटाली समूह ‘बी’ को उपविजेताको रुपमा प्रि–क्वार्टरफाइनल आएका थिए।

स्वीट्जरल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित: १६ असार २०८१ ७:१९ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast