सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

हिमाल प्रेस २५ जेठ २०८१ ९:१४ | Friday, June 7, 2024
सरकारले फिर्ता बोलायो ११ देशका राजदूत बिहीबार मन्त्रिपरिषद् बैठक सहभागी हुँदै प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रिगण। तस्बिर : रासस

काठमाडौँ- सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। सत्ता समीकरण बदलिएपछि सरकारले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारको निर्णअनुसार अब भारतका लागि नेपालका राजदूत शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्य फिर्ता हुनेछन्।

फिर्ता हुने राजदूतमा इजरालयका लागि नेपालका राजदूत कान्ता रिजाल, साउदी अरबका नवराज सुवेदी, कतारका नरेशविक्रम ढकाल, मलेसियाका डिल्लीराज पौडेल छन्। डेनमार्कका प्राडा रामस्वार्थ राय, स्पेनकी डा. शर्मिला पराजुली, पोर्चुगलका सनिल नेपाल र दक्षिण कोरियाका डा. ज्योति प्याकुरेल भण्डारी पनि फिर्ता हुने भएका छन्।

प्रकाशित: २५ जेठ २०८१ ९:१४ | Friday, June 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast