समाजवादी शब्द जति प्रिय छ, उत्तिकै डर पनि छ : सीके राउ

हिमाल प्रेस १६ असार २०८१ १५:२८ | Sunday, June 30, 2024
समाजवादी शब्द जति प्रिय छ, उत्तिकै डर पनि छ : सीके राउ

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम प्रिय र पवित्र लाग्ने बताएका छन्।

साथै उनले यो शब्दप्रति उत्तिकै डर पनि लाग्ने बताएका छन्। नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले नेकपा एकीकृत समाजवादी नामअनुसार शब्द थेग्न सक्छ या सक्दैन भनेर डर लाग्ने गरेको बताएका हुन्।

उनले समाजवादी पार्टीहरूले भन्ने एउटा र गर्ने अर्कै भएको भन्दै त्यस्तो अवस्थामा ती शब्दहरूको अर्थ के हुने भनेर प्रश्न गरे।

‘तपाईहरुलाई अनौठो लाग्ला तर मलाई तपाईहरुको पार्टीको मन पर्छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी। कम्युनिस्ट शब्द पनि धेरै प्रिय र पवित्र लाग्छ। समाजवादी शब्द पनि उतिकै प्रिय लाग्छ’, उनले भने, ‘जति पवित्र र ठुलो लाग्छ त्यति नै डर पनि लाग्छ।’ उनले पुँजीवादी क्रान्तिविना समाजवादी चरणमा प्रवेश गर्न सकिन्छ भनेर प्रश्न समेत गरे।

प्रकाशित: १६ असार २०८१ १५:२८ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast