सभामुखले दिए इदमा शुभकामना

हिमाल प्रेस ३ असार २०८१ ८:१९ | Monday, June 17, 2024
सभामुखले दिए इदमा शुभकामना सभामुख देवराज घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन्।

इस्लाम धर्मावलम्बीको पर्व बकर इद (अल अजहा) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो भन्दै बकर इदले आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने बताएका हुन्।

सभामुख घिमिरेले नेपालको संविधानले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अधिकार प्रदान गरेको उल्लेख गरेका छन्।

‘सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको हाम्रो देशमा बकर इदले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ ।

 

प्रकाशित: ३ असार २०८१ ८:१९ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast