सभामुखको निर्देशनमा गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

हिमाल प्रेस १३ असार २०८१ १३:४८ | Thursday, June 27, 2024
सभामुखको निर्देशनमा गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक सांसद फणीन्द्र देवकोटा। फाइल तस्बिर

काठमाडौँ– नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई संसद् बैठककक्षमा प्रवेश गर्न रोक लगाइएको छ। सभामुख कृष्णप्रसाद धितालको निर्देशनमा मर्यादापालकहरूले उनलाई लवि कक्षमा प्रवेश अघि नै रोकेका हुन्।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएपछि माओवादीले उनलाई कारबाही गर्दै निलम्बन गरेको थियो। देवकोटा माओवादीको कारबाहीविरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि फरक दलको सांसदलाई माओवादीले कारबाही गर्न नपाउने भन्दै उनलाई सांसदकै हैसियतमा कामकारबाही गर्न दिन अन्तरिम आदेश जारी गर्‍यो।

सर्वोच्चको उक्त आदेशसहितको पत्र संसद् सचिवालयमा बुधबार नै दर्ता भइसकेको छ। देवकोटा गत प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर गोरखाबाट निर्वाचित सांसद हुन्। सोही आधारमा माओवादीले उनलाई आफ्नै दलको सांसद भन्दै आएको थियो।

उनको फुकुवा भएको पत्र बुधबार नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको थियो। तर, आज बिहीबार मर्यादापालकले उनलाई बैठकमा जान रोकेका हुन्। आफूलाई फुकुवा भएकोबारे फणीन्द्र देवकोटाले सभामुख र मुख्यमन्त्रीलाई यसअघि नै भेटेर जानकारी गराइसकेका थिए।

सर्वोच्चको अन्तरिम आदेशपछि तत्काललाई जोगियो फणीन्द्रको सांसद पद

गण्डकीका निलम्बित सांसद देवकोटाले दिए माओवादीविरुद्ध रिट

निलम्बित प्रदेशसभा सदस्य देवकोटा भन्छन् : सबैखालको प्रतिवाद गर्छु

गण्डकीका मन्त्री फणीन्द्रमाथि माओवादीले गर्‍यो कारबाही, नेसपा भन्छ : कानुनी बाटो खोज्छौँ

प्रकाशित: १३ असार २०८१ १३:४८ | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast