 
                             
                                            काठमाडौँ- सांसद रेखा यादवले सामुदायिक विद्यालयका कर्मचारी (लेखापाल–कार्यालय सहयोगी) ले थोरै तलबमा काम गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले विद्यालय कर्मचारीको बगौँचामा कहिलेसम्म झुटको फूल रोप्ने? भन्दै सरकारलाई प्रश्न गरेकी हुन्।
‘शिक्षा मन्त्रालय, अर्थ मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयलाई मैले सोध्न चाहेँ, कर्मचारीलाई कहिलेसम्म ८ हजार र १३ हजार पाँच सय रुपैयाँमा काम लगाउने? समान ज्यालाको समान अधिकार भन्ने नारा कहीँ झुत्ल्याएको त होइन?,’ सांसद यादवको प्रश्न छ।
उनले विद्यालयमा कर्मचारी नचाहिने भए हटाउने निर्णय गर्नुपर्ने र चाहिने भए समयोचित तलबसुविधा दिन पनि माग गरिन्। ‘विद्यालय कर्मचारी नचाहिने हो भने हटाउने निर्णय गर्नुपर्यो, चाहिन्छ भने उसलाई सुविधासम्पन्न बनाउनुपर्यो,’ उनले भनिन्।
विद्यालय कर्मचारीका आन्दोलनमा मन्त्री तथा नेताहरूले ऐक्यबद्धता जनाए पनि पूरा गर्न भने तयार नभएको आरोप उनको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 