सत्तासमीकरणमा प्रश्न उठाउन खोजिएको छ, समझदारीका साथ नै अगाडि बढ्छौँ : प्रधानमन्त्री

हिमाल प्रेस ८ असार २०८१ १७:४० | Saturday, June 22, 2024
सत्तासमीकरणमा प्रश्न उठाउन खोजिएको छ, समझदारीका साथ नै अगाडि बढ्छौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताएका छन्।

तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताएका हुन्।

प्रधानमन्त्रीले भने,‘आजभोलि बजारमा सरकार के हुन्छ,सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ। यस्तो प्रचार र आंशका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो। तर कुनै समस्या छैन। अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु। तर केही हुँदैन। हामी समझदारीका साथ नै अगाडि बढेका छौँ। समझदारीका साथ नै अगाडि बढ्छौँ। सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन।’

प्रधानमन्त्रीले मुलुकका जाति, जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताए।

प्रकाशित: ८ असार २०८१ १७:४० | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast