सकेसम्म सहमतिमै नेतृत्व चयन गरौँ, नभए लोकतान्त्रिक विधि छँदैछ

हिमाल प्रेस १६ असार २०८१ १६:०० | Sunday, June 30, 2024
सकेसम्म सहमतिमै नेतृत्व चयन गरौँ, नभए लोकतान्त्रिक विधि छँदैछ पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको नयाँ नेतृत्व सकेसम्म सहमतिका साथ चयन गर्नुपर्ने बताएका छन्। पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेता खनालले यस्तो बताएका हुन्।

उनले नेतृत्व चयनका सवालमा सहमति नभए प्रतिस्पर्धाको बाटोमा समेत जान सकिने बताए। ‘म सबैलाई आग्रह गर्न चाहन्छु। नेतृत्व सहमतिमै गरौँ,’ उनले भने, ‘भएन भने लोकतान्त्रिक विधि,पद्दति छँदैछ।’

फरक प्रसङ्गमा खनालले देशको आर्थिक सामाजिक रूपान्तरण गर्न सबै दलहरूबिच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए। ‘यो पार्टीले पहिलो पटक साहसका साथ संविधानले भनेको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सारेका छ। यसले समाजवादी आन्दोलनलाई समाजवादसम्म पुर्‍याउने आधार निर्माण गर्न सक्छ’, खनालको भनाइ छ।

उनले देशमा भ्रष्टाचार नियन्त्रणका साथै सामाजिक आर्थिक रूपान्तरण गर्न जरुरी रहेको भन्दै विकृतिको उरुङ कसरी बढार्ने भनेर प्रतिस्पर्धासँगै दलहरूबिच सहकार्य पनि गर्नुपर्ने बताए। ‘गम्भीर राष्ट्रिय सवालमा किन एकताबद्ध भएर अघि बढ्न सक्दैनौ ?’, खनालको प्रश्न छ।

प्रकाशित: १६ असार २०८१ १६:०० | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast