संसद् सचिवालयका कर्मचारी र सरकारबीच सातबुँदे सहमति

हिमाल प्रेस १० असार २०८१ १८:५३ | Monday, June 24, 2024
संसद् सचिवालयका कर्मचारी र सरकारबीच सातबुँदे सहमति

काठमाडौं-  संघीय संसद् सचिवालयका आन्दोलनरत कर्मचारी र सरकारबीच सातबुँदे सहमति भएको छ।

सरकार र कर्मचारीबीच राजपत्र अनंकित पाँचौँ श्रेणी/श्रेणीविहीन पदमा कार्यरत कर्मचारीहरू संघीय संसद् सेवाबाट अनिवार्य अवकाश हुँदा राजपत्र अनंकित तृतीय श्रेणीमा बढुवा हुने कानुनी प्रावधानबमोजिम बढुवा भएका कर्मचारीहरूलाई खाइपाइ आएको तलबमान नघट्ने गरी अवकाशपछिका सेवा सुविधा प्रदान गर्ने सहमति भएको छ।

साथै हलुका सवारी चालक छैटौँ स्तरको तलबमान निर्धारण गर्ने पनि सहमति भएको छ।

यस्तै, हाललाई राजपत्रांकित कर्मचारीहरूका लागि मासिक तीन हजार ५०० र राजपत्र अनंकित कर्मचारीहरूका लागि मासिक तीन हजार आवास भत्ता वृद्धि गर्ने सहमति भएको छ।

यस्तो छ सम्झौता 

प्रकाशित: १० असार २०८१ १८:५३ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast