 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल झिकाउन माग गरेको छ।
समितिको आज बुधबार बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको हालको अवस्थाबारे जानकारी माग गर्ने निर्णय गरेको हो।
समितिकी सदस्य कांग्रेस सांसद इश्वरी न्यौपानेले भनिन्, ‘आजको बैठकले गोरखा मिडिया नेटवर्कको लगानीसहितको फाइल र उक्त संस्थाको हालको अवस्थाबारे जानकारी माग गरेको छ। बैठकले अन्य ९ वटा सहकारीको फाइल मगाउने निर्णय गरेको छ।’
गोरखा मिडिया नेटवर्क वर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने केही समय कार्यकारी निर्देशक थिए। गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालनमा ल्याएको थियो। उक्त नेटवर्कका अध्यक्ष जीबी राई हुन्। उनी अहिले फरार छन्। गृहमन्त्रीले भने उनी मलेसियामा रहेको बताउँदै आएका छन्।
मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप लाग्दै आएको छ। गृहमन्त्री लामिछानेले पनि यहाँ सहकारीको रकम अपचलन गरेको आरोप खेप्दै आइरहेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 