संवैधानिक परिषद् संशोधन विधेयक प्रतिनिधिसभामा पेस हुँदै

हिमाल प्रेस १४ असार २०८१ ६:४१ | Friday, June 28, 2024
संवैधानिक परिषद् संशोधन विधेयक प्रतिनिधिसभामा पेस हुँदै प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठकमा संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ पेस हुँदैछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्नेछन्।

संवैधानिक परिषद्सम्बन्धी केही प्रावधानहरू विधेयकमा संशोधन गरिएको छ। यदि विधेयक पास भएमा परिषद्ले निर्णय गर्दा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहन्छ। प्रधानमन्त्रीले विरोध जनाएमा उनीबाहेक अन्य सदस्यले मात्र प्रस्ताव पास गर्न सक्दैनन्।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

उक्त विधेयकमाथिको छलफलपछि आजै पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

प्रकाशित: १४ असार २०८१ ६:४१ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast