संविधानका कमजोरीलाई संविधानकै धारा टेकेर सच्याउनुपर्छ : स्वर्णीम वाग्ले

हिमाल प्रेस २८ जेठ २०८१ १७:१५ | Monday, June 10, 2024
संविधानका कमजोरीलाई संविधानकै धारा टेकेर सच्याउनुपर्छ : स्वर्णीम वाग्ले

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णीम वाग्लेले संविधानमा रहेका कमी कमजोरीलाई संविधानकै धाराहरूलाई टेकेर सच्याउनु पर्ने बताएका छन्।

जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै वाग्लेले वर्तमान संविधानको रक्षा गर्नु सम्पूर्ण नेपालीको कर्तव्य रहेकाले यो संविधानलाई साझा संविधानको रुपमा बनाउनका लागि संविधानकै धाराहरूलाई नै टेकेर विद्यमान कमी कमजोरीहरूलाई हटाउन सकिने बताएका हुन्।

मुलुकमा संघीयता ल्याउनुका साथै नयाँ संविधान निर्माणमा मधेशी जनताको रगत लागेकाले संविधानमाथीको प्रहार हामी सबैका लागि असह्य हुने उनको भनाइ थियो।

वाग्ले देशकै सबैभन्दा सुगम प्रदेशको रुपमा रहेको मधेश बाँकी प्रदेशभन्दा पछाडी पर्नु चिन्ताको विषय रहेको बताए। उनले नेपालमा विकासको अर्थ सडक, भवन, चिल्ला गाडीहरूलाई लिइन्छ। जबकि मधेश अझै त्यसमा पनि पछाडि परेको छ।

उनले भने ‘मधेश विकासमा पछाडी परेको छ, जबकि रेमिटैन्सको भरमा चलिरहेको यो देशमा सबैभन्दा बढी योगदान मधेशकै नागरिकको रहँदै आएको छ।’ यस अर्थमा मधेशलाई पहिले देखि नै पछाडी पारिदै आएको छ यसलाई बदल्न तर्फ हामी सबै अग्रसर हुनु पर्ने उनको भनाइ थियो।

प्रकाशित: २८ जेठ २०८१ १७:१५ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast