वैशाखमा महँगी ४.४० प्रतिशत बढ्यो

हिमाल प्रेस २८ जेठ २०८१ १८:१० | Monday, June 10, 2024
वैशाखमा महँगी ४.४० प्रतिशत बढ्यो

काठमाडौँ– वैशाखमा महँगी साढे ४ प्रतिशत महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो महँगी साढे ४ प्रतिशतले बढेको उल्लेख छ।
चालु आर्थिक वर्षको १० महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ४.४० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फिति ७.४१ प्रतिशत पुगेको थियो।

वैशाखमा काठमाडौँ उपत्यकाको उपभोक्ता मुद्रास्फिति ४.३० प्रतिशत, तराई ४.३२, पहाड ४.७० र हिमालको ४.२२ प्रतिशत पुगेको देखाइएको छ। गत वर्षको वैशाखमा सबै क्षेत्रमा मुद्रास्फिति बढेको थियो। गत वर्षको सोही अवधिमा उपत्यकामा मुद्राफिति क्रमशः ७.६८ तराईमा, ७.१५ पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत थियो।

यसैगरी महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.२६ प्रतिशत, शिक्षाको ५.६४ र कपडाजन्य तथा जुत्ताचप्पलको ३.४६ प्रतिशतले बढेको तथ्यांकमा छ। सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशतले घटेको छ।

प्रतिवेदनमा गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडी १०.८५, मरमसला ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थ ७.४२ र चिनी तथा चिनीजन्य वस्तुको ७.२५ प्रतिशत बढेको छ।

घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचक ७.१३ प्रतिशत घटेको प्रतिवेदनमा उल्लेख छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २.९६ प्रतिशत पुगेको छ।

प्रकाशित: २८ जेठ २०८१ १८:१० | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast