वेस्ट इन्डिजविरुद्ध सुरुवाती बलिङमा न्युजिल्यान्ड

हिमाल प्रेस ३१ जेठ २०८१ ६:२४ | Thursday, June 13, 2024
वेस्ट इन्डिजविरुद्ध सुरुवाती बलिङमा न्युजिल्यान्ड

काठमाडौँ- आईसीसी टी-२० विश्वकप २०२४ को समूह चरणको खेलमा अहिले न्युजिल्यान्ड र वेस्ट इन्डिज भिड्दैछन्।

ब्रायन लारा क्रिकेट एकेडेमीमा न्युजिल्यान्डले टस जितेर बलिङ रोजेको छ।

यता वेस्ट इन्डिजले ब्याटिङ पाएको छ। वेस्ट इन्डिज र न्युजिल्यान्ड प्रतियोगिताको समूह ‘सी’मा छन्।

अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी पनि सोही समूहमा रहेका छन्। जारी विश्वकपमा वेस्ट इन्डिजले तेस्रो र न्युजिल्यान्डले दोस्रो खेल खेल्दैछ।

समूह ‘सी’ अन्तर्गत हालसम्म पाँच खेल भइसकेको छ। समूहको पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यु गिनीलाई पाँच विकेटले हराएको थियो।
दोस्रो खेलमा अफगानिस्तानले युगान्डालाई एक सय २५ रनले हराएको थियो।

समूहको तेस्रो खेलमा युगान्डाले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको थियो। चौथो खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो।

पाँचौँ खेलमा वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले पाखा लगाएको थियो।

समूह ‘सी’ तालिकामा दुई खेल खेलेको अफगानिस्तान चार अंकसहित पहिलो र समान खेलबाट समान अंक जोडेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन्।

तीन खेल खेलेको युगान्डा भने दुई अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा आसीन पपुवा न्युगिनी र न्युजिल्यान्डले भने एक खेल पनि जित्न सकेका छैनन्।

प्रकाशित: ३१ जेठ २०८१ ६:२४ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast