वेस्टइन्डिज पुगेर सन्दीपले भने : मेरो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु

हिमाल प्रेस २८ जेठ २०८१ ९:०२ | Monday, June 10, 2024
वेस्टइन्डिज पुगेर सन्दीपले भने : मेरो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु सन्दीप लामिछाने

काठमाडौँ- विश्वपकप खेल्न सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन्।

आज वेस्टइन्डिज पुगेर सन्दीपले आफू विश्वकप खेल्न तत्पर रहेको बताएका छन्।

उनले अब विश्वकप खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन्। सामाजिक सन्जालमार्फत उनले तस्बिरसहित स्टाटस लेखेर आफूलाई विश्वकप खेल्ने अवसर मिलाइदिएकोमा क्यान र क्यानका पदाधिकारीसहित कानुनी परामर्शदातालाई धन्यवाद दिएका छन्।

उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले भनेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

उनले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

यस्तै उनले आफ्नो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न पनि आग्रह गरेका छन् । क्यानका अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन्।

प्रकाशित: २८ जेठ २०८१ ९:०२ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast