टी-२० विश्वकपमा लोकी फर्गुसनको कीर्तिमान

हिमाल प्रेस ४ असार २०८१ ७:४२ | Tuesday, June 18, 2024
टी-२० विश्वकपमा लोकी फर्गुसनको कीर्तिमान

काठमाडौँ- न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले टी-२० विश्वकपमा दुलर्भ कीर्तिमान कायम गरेका छन्। आईसीसी टी-२० विश्वकप २०२४ मा पपुवा न्युगिनीसँगको समूह चरणको खेल खेल्ने क्रममा फर्गुसनले सोही कीर्तिमान राखेका हुन्। उनले टी-२० विश्वकपमा रनविहीन ३ विकेट लिएका छन्।

३३ वर्षीय यी बलरले पपुवा न्युगिनीका कप्तान असद भालालाई पहिलो बलमै आउट गरे। उनले १६ बलमा ६ रन खेलिरहेका भालालाई पहिलो बलमै मैदान छोडाएका थिए। उनी १२औँ ओभरमा आक्रमणमा फर्किए र चार्ल्स अमिनीलाई आउट गराए। यसपछि इनिङ्सको १४औँ ओभरमा चाड सोपरको विकेट लिए। उनले चार ओभर बलिङ गर्दा एकै रन दिएनन्।

टी २० आईमा भने फर्गुसन एक रन नदिई ४ ओभर पूरा सेट बलिङ गर्ने दोस्रो बलर हुन्। यसअघि क्यानाडाका साद बिन जफर २०२१ मा पानामाविरुद्धको अन्तर्राष्ट्रिय खेलमा मेडन गरेका थिए।

फर्गुसन विश्वकपमा सबैभन्दा बढी डट राख्ने खेलाडी पनि बनेका छन्। यसअघि बिहान मात्रै बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालविरुद्ध २४ मध्य २१ बल डट राखेका थिए। तर त्यो कीर्तिमान ध्वस्त बनाए। फर्गुसन अघि त्यो नै विश्वकपमा सर्वाधिक डट बल थियो।

जिते पनि बाहिरियो न्युजिल्यान्ड

विश्वकपमा समूह सीमा परेको न्युजिल्यान्ड कीर्तिमान र जितपछि पनि बाहिरिएको छ। यो समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती ३ खेल जित्दै सुपर ८ प्रवेश गरिसकेका छन्। न्युजिल्यान्डले ४ खेलमा ४ अंक जोड्यो । युगान्डाले २ अंक जोड्दा पिएनजी अंकविहिन रह्यो। यही समूहको समूह विजेता र उपविजेताका लागि मंगलबार प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: ४ असार २०८१ ७:४२ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast