लोकतन्त्रवादी आदिवासी जनजाति महासंघकाे अध्यक्षमा ओम घर्तीमगर सर्वसम्मत

हिमाल प्रेस १२ असार २०८१ १७:४६ | Wednesday, June 26, 2024
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघकाे अध्यक्षमा ओम घर्तीमगर सर्वसम्मत

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत चयन भएका छन्। पार्टीका सहमहामन्त्री भिष्मराज आङ्दम्बेको नेतृत्वमा बनेको तीन सदस्यीय समन्वय समितिले घर्तीमगरकाे नाममा सहमति जुटाएको हो।

नेपाल मगर संघका अध्यक्ष दिनेश थापामगरले अध्यक्षमा घर्तीमगरकाे नाम प्रस्ताव गरेपछि सहमहामन्त्री आङ्दम्बे अनुमोदन गरेका हुन्। लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा १ अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री र ८ जना सहमहामन्त्री रहने व्यवस्था छ।

खुला केन्द्रीय सदस्य ३६ र सातै प्रदेशबाट ३–३ जना निर्वाचित हुने व्यवस्था छ। खुला ३६ जनामा १२ महिला र प्रदेशबाट १–१ जना महिला निर्वाचित हुने छन्।

अध्यक्षमा घर्तीमगर सर्वसम्मत भएपछि बाँकी पदहरूमा सहमतिको प्रयास भइरहेको छ। उपाध्यक्ष रामजी कंग्रिन र एक जना गुरुङ समुदायबाट चयन हुने सम्भावना छ। महामन्त्रीमा तीर्थ लामा र जगत बरामको नाम चर्चामा छ। लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा करिब १३ सय मतदाता रहेका छन्।

प्रकाशित: १२ असार २०८१ १७:४६ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast