 
                             
                                            काठमाडौँ- मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् ।
रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन्।
सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुढा गर्दै विद्यार्थीले आगजनी गरेका हुन्।
गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन्।
                            प्रकाशित: २७ जेठ  २०८१ १२:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 