रास्वपाबारे बिराजभक्तको टिप्पणी : पार्टी अब लहडमा मात्र चलाएर हुँदैन

हिमाल प्रेस १ असार २०८१ १०:४१ | Saturday, June 15, 2024
रास्वपाबारे बिराजभक्तको टिप्पणी : पार्टी अब लहडमा मात्र चलाएर हुँदैन विराजभक्त श्रेष्ठ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन्।

रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आज यहाँ आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाब दिएका हुन्।

गत मंसिर जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो। सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिएका हुन्।

‘जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रूपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन’, उनले भने, ‘पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरु र आमनागरिकलाई बुझाउनुपर्ने बेला भैसकेको छ।’

पार्टी स्थापनाका अवसरमा शुभकामना आदानप्रदान गर्दै मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताए।

प्रकाशित: १ असार २०८१ १०:४१ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast