राष्ट्रियसभाको बैठक बस्दै

हिमाल प्रेस २८ जेठ २०८१ ८:४९ | Monday, June 10, 2024
राष्ट्रियसभाको बैठक बस्दै राष्ट्रियसभाको बुधबारको बैठकमा सभाका सदस्यहरू। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्नेछ।

बैठकमा सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भई सूचना दिएको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।

यस्तै सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा त्यहाँबाटप्राप्त सन्देश जानकारी गराई टेबुल गर्ने कार्यसूची छ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: २८ जेठ २०८१ ८:४९ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast