राष्ट्रपति पौडेलले गरे जर्मनीस्थित जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

हिमाल प्रेस २ असार २०८१ २१:२२ | Sunday, June 16, 2024
राष्ट्रपति पौडेलले गरे जर्मनीस्थित जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। उनले जर्मनीको पोट्सडामस्थित ती संस्थाहरूको अवलोकन गरेका हुन्।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे अनुसन्धानका साथै असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उनहरूलाई आग्रह गरेका थिए। ‘जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्त्वपूर्ण मुलुक पनि हो। तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, ‘अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्‍यो।’ नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिसकेको बताए।

जर्मन रिसर्च सेन्टर फर जिओसाइन्स (जिएफजेड) साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च ९पीआइके० अनुसन्धान समूहका प्रमुख युर्गन पि क्रप, नेपाली रिसर्च इन्स्टिट्युट फर सस्टेनेवेलेटीका अनुसन्धान समूह लिडर डा महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन्। उनी प्रथम महिला सविता पौडेलका साथ संद्दय गणतन्त्र जर्मनीका राष्ट्र फ्रैंक वाल्टर स्टाइनमायरको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी गएका हुन्।

प्रकाशित: २ असार २०८१ २१:२२ | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast