राम मन्दिर बनाउन नेपालबाट अयोध्या लगिएको शालिग्राम फिर्ता ल्याउनुपर्छ : वामदेव गौतम

हिमाल प्रेस १० असार २०८१ १७:३८ | Monday, June 24, 2024
राम मन्दिर बनाउन नेपालबाट अयोध्या लगिएको शालिग्राम फिर्ता ल्याउनुपर्छ : वामदेव गौतम वामदेव गौतम। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन्। सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यसअघिको कांग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने बताएका हुन्। उनले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति सित्तैमा भारतलाई बुझाउने काम भएको भन्दै आपत्ति जनाए।

‘गएको सरकार, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरू मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर बनाउन उनीहरूले नेपालमा शालिग्राम मागे रे। नेपाल सरकारले धूमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए। त्यसबाट रामको मन्दिर त बनेन,’ उनले भने , ‘मलाई त्योसँग मतलब छैन। त्यो शालिग्राम के हो ? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ। वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ। हिरा बन्ने २४ टन नेपाली सम्पत्ति सित्तै भारतलाई बुझाउने काम भयो। त्यो नेपालले फिर्ता पाउनुपर्छ। त्यो हाम्रो सम्पत्ति हो।’

प्रकाशित: १० असार २०८१ १७:३८ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast