रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

हिमाल प्रेस १० असार २०८१ १९:१५ | Monday, June 24, 2024
रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

काठमाडौं- लिटिल बुद्धका नामले चर्चित रामबहादुर बम्जन बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ।

बम्जन २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीलाई हैरान परेको थियो। उनलाई  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत पुस २४ गते पक्राउ गरेको थियो।

बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बालयौन दुरुपयोग मुद्दामा पुस २६  गते थुनामा पठाउन आदेश दिएको थियो।

बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

प्रकाशित: १० असार २०८१ १९:१५ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast