रवि लामिछानेमाथि विश्वप्रकाशको टिप्पणी : रास्वपाको शब्दकोषमा नैतिकता छैन

हिमाल प्रेस ७ असार २०८१ १६:३४ | Friday, June 21, 2024
रवि लामिछानेमाथि विश्वप्रकाशको टिप्पणी : रास्वपाको शब्दकोषमा नैतिकता छैन विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएका छन्। सहकारी प्रकरणमा लामिछानेको नाम मुछिएको र उनी संलग्न भनिएका सहकारीमाथि छानबिन गर्न संसदीय समिति बन्दा पनि राजीनामा नदिएको भन्दै शर्माले प्रश्न उठाएका हुन्।

शर्माले कांग्रेसले लामिछानेको राजीनामा भने नमागेको बताए।

‘संसदीय छानबिन समिति बन्यो, कुनै बेला समिति बन्दै गर्दा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत, जनार्दन शर्माले राजीनामा दिनुभयो। अहिले पनि समिति बनेको छ तर गृहमन्त्रीले राजीनामा दिनुभएन,’नेपाल महिला संघको कार्यक्रममा उनले भने, ‘हामी जान्दछौँ नयाँ दलको डिक्सनरीमा प्रश्न र आवेग छ, केही गरौँला भन्ने ऊर्जा पनि छ। तर आवेग र आक्रोश भएजस्तै नैतिकता छ कि छैन?’

प्रकाशित: ७ असार २०८१ १६:३४ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast