युरो २०२४ : रोमानियामाथिको जितले बेल्जियमलाई राहत

हिमाल प्रेस ९ असार २०८१ ७:४९ | Sunday, June 23, 2024
युरो २०२४  : रोमानियामाथिको जितले बेल्जियमलाई राहत

काठमाडौँ- युरो २०२४ मा बेल्जियमले पहिलो जित निकालेको छ।

शनिबार रातिको खेलमा बेल्जियमले रोमानियालाई हराएर ‘अन्तिम १६’मा सम्भावना देखाएको छ।  यता रोमानिया भने लगातार जित निकाल्दै सुपर १६ मा पुग्ने सम्भावना धकेलिएको छ।

समूह ई को खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो। पहिलो खेलमा स्लोभाकियासँग पराजित भएको बेल्जियमलाई नकआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न जित्नैपर्ने दबाब थियो।

खेल सुरु भएको ७३ सेकेण्डमा नै योरी टेलीम्यान्स्को गोलमा बेल्जियमले सुरुवाती अग्रता बनाएको थियो। खेलको ७९ औँ मिनेटमा केभिन डि ब्रुयनको गोलमा बेल्जियमले अग्रता दोब्बर पार्‍यो।

समूह इ मा रहेका चारै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना उत्तिकै छ। यो समूहमा सबै टोलीको समान ३ अंक छ।

हारका बाबजुद पनि रोमानिया अंक तालिकाको शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा पराजित रोमानियाको तीन अंक छ। समान खेलबाट ३ अंक भएको बेल्जियम दोस्रो स्थानमा छ।

एक खेलमा जित र एक खेलमा हार भोग्दै ३ अंक बनाएका स्लोभाकिया तेस्रो र युक्रेन चौँथो स्थानमा छ।

प्रकाशित: ९ असार २०८१ ७:४९ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast