युरो कप : रोनाल्डोको कीर्तिमानी खेल, पोर्चुगलको जित

हिमाल प्रेस ५ असार २०८१ ७:१४ | Wednesday, June 19, 2024
युरो कप : रोनाल्डोको कीर्तिमानी खेल, पोर्चुगलको जित

काठमाडौँ- पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गए राति युरो कपमा कीर्तिमानी खेल खेलेका छन्।

उनले चेक रिपब्लिकविरुद्धको खेल खेलेसँगै युरोकपको ६ संस्करण खेल्ने पहिलो खेलाडी बनेका हुन्।

गएरातिको खेलमा रोनाल्डो गोलविहीन बनेका थिए। तर चेक रिपब्लिकमाथि पोर्चगल भने विजयी बन्यो। जर्मनीको लाइपजिगमा मंगलबार राति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध पोर्चुगलले २-१ गोलको पुनरागमन जित हासिल गरेको हो।

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। यता, चेक रिपब्लका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो।

यो जितसँगै जारी युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह डी को दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा रहँदा पराजित पराजित चेक रिपब्लक तेस्रो तथा जर्जिया पुछारमा रहेको छ।

 

प्रकाशित: ५ असार २०८१ ७:१४ | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast