युरो कप : उपहार गोलले फ्रान्सको जित, बेल्जियम स्तब्ध

हिमाल प्रेस ४ असार २०८१ ७:५८ | Tuesday, June 18, 2024
युरो कप : उपहार गोलले फ्रान्सको जित, बेल्जियम स्तब्ध

काठमाडौँ- अष्ट्रियाको आत्मघाती गोलले युरो कप-२०२४ मा फ्रान्सले विजयी सुरुवात गरेको छ।

आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले पहिलो हाफको ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।

खेलका दौरान नाकमा चोट लागेपछि कप्तान किलियन एमबाप्पे घाइते भए।

त्यसअघि उपाधि दाबेदार मध्येको अर्को टोली बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग स्तब्ध भएको थियो। समूह ई को त्यो खेलमा बेल्जियमले १-० को हार बेहोरेको हो ।

ईभान स्क्ररान्जले सातौं मिनेटमा गरेको गोलमा स्लोभाकिया विजयी भएको हो।रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक कोएन कासटिल्सले बचाएपछि रिबाउन्डमा स्क्ररान्जले सहज गोल गरेका थिए ।

बेल्जियमले खेलमा निकै अवसरहरू सिर्जना गर्‍यो। बेल्जियमले दुई पटक गरेको गोल मान्य भएन। दुवै पटक रोमेलु लुकाकुले गरेको गोल भीएआरले अमान्य गरेको थियो।

५६औं मिनेटमा लुकाकु अफसाइड भएपछि गोलले मान्यता पाएन भने ८६औं मिनेटमा लुइस ओपेन्डाले ह्याण्डबल गरेपछि गोल अमान्य भएको थियो ।

सोही समूहको अर्को खेलमा रोमानियाले युक्रेनमाथि ३-० को जित निकालेको थियो।

प्रकाशित: ४ असार २०८१ ७:५८ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast