युरो कप : इटाली र स्पेनको जित

हिमाल प्रेस २ असार २०८१ ७:२१ | Sunday, June 16, 2024
युरो कप : इटाली र स्पेनको जित आफ्नो टोलीले गोल गरेपछि खुसी साट्दै खेलाडीहरू। बायाँतर्फ इटाली र दायाँतर्फ स्पेनका खेलाडीहरू।

काठमाडौँ- अल्बानियालाई स्तब्ध पार्दै साविक विजेता इटालीले युरो २०२४ मा विजयी सुरुवात गरेको छ।

शनिबार राति भएको खेलमा इटालीले अल्बानियालाई २-१ ले हरायो।

जर्मनीको इदुना पार्कमा भएको खेलमा इटालीले पुनरागमन जित निकालेको हो। इटालीका लागि एलेसान्द्रो बास्टोनी र निकोलो बेरेलाले गोल गरेका हुन्। अल्बानियाका लागि नेदिम बज्रामीले गोल गरे।

जितपछि समूह ‘बी’ मा इटालीले महत्वपूर्ण तीन अंक जोडेको छ। स्पेनको पनि समान तीन अंक छ। गोलअन्तरका आधारमा स्पेन शीर्ष स्थानमा छ। अल्बानिया र क्रोएसिया पहिलो खेलमा पराजित भएका छन्।

स्पेनले क्रोएसियालाई ३-१ ले हरायो ।

२९ औँ मिनेटमा अल्भारो मोराटाले टोलीलाई अग्रता दिलाएका थिए ।

३ मिनेटपछि फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गरे। दोस्रो हाफमा भने कुनै गोल हुन सकेन।

समूह बीमा पहिलो जितसँगै स्पेन ३ अंक बटुलेर शीर्ष स्थानमा उक्लेको छ।

प्रकाशित: २ असार २०८१ ७:२१ | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast