काठमाडौँ- युरो कप-२०२४ मा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ।
शुक्रबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सीमित स्कटल्याण्डलाई ५–१ गोलले हराएको हो।
एलियान्ज एरिनामा खेलको १० औँ मिनेटमा नै फ्लोरियान व्रिट्जले जर्मनीलाई अग्रता दिलाएका थिए। ९ मिनेटपछि जमाल मुसियालाले टोलीको अग्रता दोब्बर बनाए।
४४ औँ मिनेटमा रायन पोरटेयसले रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो। त्यसपछि काई हाभर्टजले पेनाल्टीबाट तेस्रो गोल थपे।
दोस्रो हाफमा निकलास फुलक्रुगले चौथो गोल गरे। ८७ औँ मिनेटमा एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि स्कटल्याण्डले एक गोल फर्कायो। तर, इन्जुरी समयमा एमरे चानले पाँचौँ गोल गर्दै टोलीलाई सहज जित दिलाए।
प्रकाशित: १ असार २०८१ ७:११ | Saturday, June 15, 2024
प्रतिक्रिया





