युक्रेनलाई स्तब्ध पार्दै रोमानियाको विजयी सुरुवात

हिमाल प्रेस ४ असार २०८१ ७:१० | Tuesday, June 18, 2024
युक्रेनलाई स्तब्ध पार्दै रोमानियाको विजयी सुरुवात

काठमाडौँ- रोमानियाले युक्रेनमाथि फराकिलो जित निकाल्दै युरोपियन च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

जर्मनीको एलियान्ज ऐरिनामा सोमबार रोमानियाले युक्रेनविरुद्ध ३-० को सहज जित निकाल्यो। रोमानियालाई जित दिलाउन कप्तान निकोला स्टान्सिउ, रेजभान मरिन र डेनिस ड्रगुसले गोल गरे।

जितसँगै समूह ‘इ’ को रोमानियाले तीन अंक जोड्यो। युक्रेनले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

खेलको २९औं मिनेटमा स्टान्सिउको गोलमार्फत रोमानियाले अग्रता लियो। उनले डेनिस म्यानको पासमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो।

मरिनले ५३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। चार मिनेटपछि नै ड्रगुसले युक्रेनका लागि तेस्रो गोल गरे।

प्रकाशित: ४ असार २०८१ ७:१० | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast