युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले गर्‍यो आक्रमण

हिमाल प्रेस ८ असार २०८१ १४:१० | Saturday, June 22, 2024
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले गर्‍यो आक्रमण

युक्रेन- रुसले पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा आक्रमण गरेको युक्रेनले बताएको छ। जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।

युक्रेनी अधिकारीहरूले बिहीबार राति भएको ठूलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन्। युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा ठूलो क्षति भएको बताएको छ।

रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदाेमिर जेलेन्स्कीले बताएका छन्। जेलेन्स्कीले यस हप्ता युक्रेनका सबै अस्पताल र विद्यालयहरूमा ‘सकेसम्म चाँडो’ सौर्य प्यानलहरू जडान गर्नुपर्ने बताए। उनको भनाइमा गर्मीको समयमा बिजुलीमा प्रवाव पार्ने रुसी प्रयासहरू असफल गर्न अवाश्यक प्रयास गरिरहेको छ।

प्रकाशित: ८ असार २०८१ १४:१० | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast