यस्ताे छ ‘ईश्वर’ को ट्रेलर

हिमाल प्रेस ३२ जेठ २०८१ १५:४३ | Friday, June 14, 2024
यस्ताे छ ‘ईश्वर’ को ट्रेलर

काठमाडौँ-  राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।

एक मिनेट ५९ सेकेन्डको ट्रेलरमा अन्तरजातीय विवाहपछि परिवारमा आइपर्ने समस्यालाई देखाइएको छ। फिल्ममा कलाकार पृथ्वीराज प्रसाईं, अनु शाह, शिशिर बाङ्देल, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, गीता अधिकारीलगायतको अभिनय छ।

अभिनेत्री अनु शाहले ५ वर्षपछि यही फिल्मबाट अभिनयमा कमब्याक गरेकी छन्। आगामी साउन ११ मा प्रदर्शन हुनेछ।

दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म हरिबहादुर थापाले निर्माण गरेका हुन्। फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ। लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्म रामेश्वर हुँमागाईंले छायांकन गरेका हुन्।

फिल्म देव महर्जनको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, भिष्मराज फुलारा र जगदीश आचार्यको शब्द, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफीमा बनेको छ।

 

प्रकाशित: ३२ जेठ २०८१ १५:४३ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast