मिस ग्राण्ड नेपाल : १८-२९ वर्षका अविवाहित महिलाले आवेदन दिन सक्ने

हिमाल प्रेस ९ असार २०८१ २१:१४ | Sunday, June 23, 2024
मिस ग्राण्ड नेपाल : १८-२९ वर्षका अविवाहित महिलाले आवेदन दिन सक्ने

काठमाडौँ- ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ। आज (आइतबार)  यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमंग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि आवेदन खुला गरिएको र इच्छुकले असार ३१ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन्। आवेदकहरूको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ।

कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेसनल-२०२४’मा सहभागी हुन पाउनेछन्। ‘यस वर्ष  ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’ को नारासहित मिस ग्राण्ड नेपाल-२०२४ घोषणा गरिएको छ,’ उनले भने,  ‘प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ।’ त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल-२०२४ को क्राउन सार्वजनिक गरिने उनको भनाइ छ।

कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगता आयोजना गर्दै आएको छ। उमंग क्रिएशनले सन् २०२३ मा ‘मिस ग्राण्ड इन्टरनेसनल’को फ्रेन्चाइज लिएको थियो। प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार हुन्।

प्रकाशित: ९ असार २०८१ २१:१४ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast