सुर्खेत- मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले २८ औँ स्थापना दिवसको अवसरमा नागरिकसंग संवाद कार्यक्रम गरेर मनाएको छ।
सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक भन्ने विषयमा संवाद गरिएको थियो।
कार्यक्रममा नागरिक अगुवा एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकालले मानव अधिकारबाट कोही पनि नागरिक बन्चित हुन नहुने बताएका थिए।
उनले नागरिक शान्तिसँग बाच्न पाउनुपर्ने र समाजका विकृतिलाई हटाउनेमा आफूले प्रतिनिधि गर्दै आएको बताएका छन्।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव प्रकाश शाहीले सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक सम्बन्धी देशव्यापी रूपमा आयोजित कार्यक्रममा प्रस्तुत अपधारणा प्रस्तुत गरेका थिए।
उनले प्रतिवेदनमार्फत मानव अधिकार, शान्ति लोकतन्त्र र अहिंसाका बारेमा जानकारी दिए।
यस्तै कार्यक्रममा साहित्यकार सीता यरीले मानव अधिकारको क्षेत्रमा सबै एकजुट भएर लाग्नुपर्ने, सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरि लोकतन्त्रलाई अगाडी बढाउनुपर्ने बताएकी छिन्।





